जनता बैंकद्धारा अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Jun 24, 2018 Merolagani

जनता बैंक नेपाल (JBNL) ले अर्घाखाँचीकाे पाणिनी गाउँपालिका, दुर्गाफाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामिण जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गर्ने गरेको जनाएको छ ।

असार ८ गते सम्पन्न स्वास्थ्य शिविरको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले गरेका थिए ।

लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धि र जनरल मेडिकल जाँच गरिएको थियो ।

शिविरबाट करिब ३०० जना विभिन्न उमेरका महिला तथा पुरुषहरुले स्वास्थ्य जाँच गराएको उक्त शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ मार्फत ग्रामिण महिलाहरुको पाठेघरको रोगको उपचारमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ ।

उक्त शिविरबाट आङ्ग खस्ने सम्बन्धि रोगको अपरेशनको लागि सिफारिस भएका महिलाहरुको उपचारमा बैंकले सहयोग गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।