सूर्या लाइफका सेयरधनीलाई फेरी अर्को हकप्रदको भारी

Jun 24, 2018 Merolagani

पूँजी वृद्धिका लागि अधिक फेसनमा रहेको हकप्रद निष्काशनबाट लगानीकर्ता आजित बनिरहेका बेला सूर्या लाइफ इन्स्योरेन्सले हकप्रदको भारी बोकाउने भएको छ । विगत २० महिनाको अवधिमा २ पटक हकप्रद बेचिसकेको कम्पनीले फेरी ७० प्रतिशत हकप्रद प्रस्ताव गर्दै साधारण सभा बोलाएको हो ।

इन्स्योेरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव यस अघि नै गरेको थियो । उक्त बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ७० प्रतिशत हकप्रदको प्रस्ताव सहित इन्स्योरेन्सले साधारण सभा बोलाएको हो । 

२०७३ साल भदौ असोजमा २५ प्रतिशत हकप्रद बिक्री गरेर इन्स्योरेन्सले ५० करोडको पूँजीलाई साढे ६२ करोड पुर्याएको थियो । त्यस पछि ५ प्रतिशत बोनस बितरण गरेको कम्पनीले त्यस पछि फेरी १० प्रतिशत बोनस बितरण गरेर ४० प्रतिशत हकप्रद बेचेको थियो ।

गत आर्थिक वर्षको कमाईबाट १२ प्रतिशत बोनस बितरणको पश्चात कायम हुने पूँजीको ७० प्रतिशत हकप्रद बेच्ने प्रस्ताव गरेको हो । अहिले सूर्या लाइफको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार  रुपैयाँ छ ।

यस अघि निष्काशन भएको ४० प्रतिशत हकप्रद पूँजीकृत भएपछि उसको चुक्ता पूँजी १ अर्ब १ करोड माथि हुनेछ भने प्रस्तावित १२ प्रतिशत बोनस बितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड १९ लाख  रुपैयाँ पुग्नेछ ।

उल्लेखित पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव कम्पनीले अघि सारेको हो । यो प्रस्ताव स्वीकृत भएर हकप्रद निष्काशन भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

बीमा व्यवसाय गर्ने कम्पनीले आफ्नो पूँजी बढाउन थाेरै मात्र लाभांश दिने हैसियत राखेको कम्पनीले पटक पटक हकप्रदको भारी लगानीकर्तामा बिसाई रहेको छ । यसबाट लगानीकर्ताले पाउने लाभांश क्षमता अझै कमजोर बन्दै गईरहेको छ भने भएको सेयर पनि तत्काल बेचेर हकप्रदको उल्झनमा नफस्नु जस्तो हुने देखिन्छ ।

हकप्रदमा उचालिनु भन्दा पहिले कम्पनीको २ वर्ष पहिले र अहिलेको वित्तीय विबरण, लाभांश क्षमता, व्यवसायको आकार लगायतका वित्तीय सूचकहरुको विषय हेर्नु उचित हुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।