साधारण सेयर निष्काशन गर्न कम्पनीले यसअघि एनआईबिएल एस क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
१२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको चौतारीको साधारण सेयर निष्काशन पश्चात १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ तथा जारी पूँजी १८ करोड रुपैयाँ रहेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बचत संकलन गरेर ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह गरेको छ । यसबाट लघुवित्तले ६५ लाख ४२ हजार खुद नाफा आर्जन गरेको छ ।
वि.सं. २०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको थियो ।
लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्रमा रहेको छ । ३४ शाखा कार्यालय मार्फत २२ हजार ९०८ जना विपन्न वर्गका महिलालाई समूहमा आबद्व गराएर सेवा प्रदान गर्दे आइरहेको छ ।