प्रभु बैंकको २२ लाख ३१ हजार कित्ता सेयरमा लिलामी खुल्यो

Jun 25, 2018 Merolagani

प्रभु बैंक (PRVU) ले असार ११ गते सोमबारदेखि हकप्रदमा अवितरित २२ लाख ३१ हजार २६५ कित्ता सेयर लिलाम बढाबढमा विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

इच्छुकले लगानीकर्ताले असार ११ देखि १८ गतेसम्म लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लिलामी सेयरमा प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल, शाखा कार्यालयहरु आदर्शनगर बिरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोड पोखरा, बिरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, गोदावरी रोड धनगढी, हल्लाचोक बाग्लुङ्ग र कावासोती नवलपरासीबाट शिलबन्दी बोलपत्र आवेदन गर्न सकिने छ ।

संस्थापक सेयरका लागि न्यूनतम एक हजार कित्ता र साधारण सेयरका लागि एक सय कित्ता सेयरका लागि निवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम सबै कित्ता माग गर्न सक्नेछन् ।

बैंकको सेयरमूल्य आइतबार प्रतिकित्ता १९१ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।