ज्योति विकास बैंकको नयाँ शाखा टोखा र चापागाउँमा

Jun 25, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) ले आइतबारदेखि काठमाडौंको टोखा र ललितपुरको चापागाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आधुनिक बैकिङ्ग सेवा सहित देशभरी आफ्नो सेवा विस्तार गर्ने उदेश्यका साथ एकै साथ दुर्इ शाखा कार्यालय सञ्चालनमा ल्याएकाे बैंकले जनाएकाे छ । 

टोखा न.पा. वडा नं ३ शाखाको औपचारिक उद्घाटन राष्ट्र बैंकका संचालक समितिका सदस्य रामजी रेग्मी र बैंकका अध्यक्ष हरि चन्द्र खड्का तथा गोदावरी नगरपालिका वडा नं ११ चापागाँउ शाखाको उद्घाटन राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कंडेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य रामजी रेग्मीले पूँँजी, शाखा संजाल तथा बैकिङ्क सेवाको हिसाबले ज्योति विकास बैंक उत्कृष्ठ विकास बैंक बन्ने तर्पm लम्किरहेको बताए ।

बैंकका अध्यक्ष हरि चन्द्र खड्काले ज्योति विकास बैंक देशभरी आफ्नो सेवा विस्तार गर्ने क्रममा रहेको र आधुनिक बैकिङ्ग सेवा सहित टोखामा उपस्थित रहेको बताए । प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकको उपस्थिति नरहेको टोखा बजारमा बैकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यका साथ शाखा स्थापना गरेको बताउँदै बैंकको सेवा लिन अनुरोध गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।