समता माइक्रोफाइनान्सको ५०% हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

Jun 25, 2018 Merolagani

समता माइक्रोफाइनान्स (SMATA) को ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । हकप्रद निष्काशन गर्न लघुवित्तले असार १२ गते मंगलबार सेयरधनी किताब बन्द गर्ने भएकाले सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रद प्राप्त गर्नेछन् ।

 

कम्पनीले असार २७ गतेदेखि दुई बराबर एक अनुपातमा एक लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर जारी गर्दैछ ।

समताले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । सेयरधनीले हकप्रदमा २७ गतेदेखि साउन २९ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् ।

त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय सिमरा बाराबाट पनि हकप्रदमा भर्न सक्नेछन् ।

लघुवित्तको चुक्ता पूँजी तीन करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

आइतबार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता २१२५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको गत मंसिर १६ गते सम्पन्न चौथो बार्षिक साधारण सभाले यो हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।