जोशी हाइड्रोपावरको साधारण सेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन

Jun 25, 2018 Merolagani

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि खुल्ला गरेको साधारण सेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ८ गतेदेखि सेयर निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं १, ३ र ४ का लागि तीन लाख ७१ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । लगानीकर्ताले इलाम जिल्लामा रहेको सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकमार्फत आवदेन दिन सक्नेछन् । 

आइपिओमा न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको इक्रा रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ५’ रहेको छ । यस सूचकले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको जनाउँछ ।

इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको जोशी हाइड्रोपावरले पहिलो चरणमा स्थानीयलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो । स्थानीयलाई सेयर बाँडफाँड गरे पश्चात सर्वसाधारणका लागि दोस्रो चरणमा आईपिओ निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको जारी पूँजी ३७ करोड १४ लाख रुपैयाँ छ ।

कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुनेछ । स्थानीयलाई १० प्रतिशत आइपिओ बिक्री गरेपछि सर्वसाधारणलाई ३९ प्रतिशत आइपिओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।