कम्पनीले यसअघि जेठ १३ गतेदेखि असार ३ गतेसम्म विद्यमान संस्थापक सेयरधनीलाई आवेदन खुला गरेपनि एउटा पनि आवेदन परेको थिएन । साधारण सेयर जस्तो सजिलै दोस्रो बजारबाट विक्री गर्न नमिल्ने भएकाले संस्थापक सेयरमा आम लगानीकर्ता आकर्षण न्यून देखिन्छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको सेयर लिलामी गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले आवेदन गर्दा न्यूनतम प्रतिकित्ता २४२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा बढी लिलामीमा आएको सम्पूर्ण कित्ताको लागि शिलबन्दी बोलपत्र गर्न सक्ने कम्पनीले जनाएको छ ।
चालू आवको तेश्रो त्रैमासमा कम्पनीले २१ करोड ०३ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३५ रूपैयाँ ७७ पैसा कायम गरेको छ । आइतबार नेको इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५६१ रूपैयाँ रहेको छ ।