कामना सेवाले बोलायो साधारण सभा, एजेण्डा यस्ता

Jun 25, 2018 Merolagani

कामना सेवा विकास बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत लाभांस प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर र ६.५० प्रतिशत नगद लाभांश पारित गर्दै सञ्चालकको निर्वाचन समेत गर्ने भएको हो ।

बैंकले असार ३२ गते काठमाडौंको इन्द्रेणी फुड ल्यान्डमा ११ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले साधारण सभामा हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले हुने १५ करोड ४१ लाख रुपैंया बराबरको नगद लाभांस र ५.५० प्रतिशतका दरले हुन आउने १३ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर बितरणको प्रस्ताव पारित गर्दैछ ।

त्यसै गरी साधारण सभाले संस्थापक र सर्वसाधारण समूहबाट ६ जना सञ्चालकहरुको निर्वाचन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने छ । साधारण सभाका लागि बैंकले असार १८ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । असार १७ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको बोनस तथा लाभांस पाउँछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।