नेप्से सुस्तायो, ८ करोडको कारोबार, दोहारो अंकको गिरावट ( १:३० बजेकाे अपडेट)

Jun 25, 2018 Merolagani

सोमबार सेयर कारोबार निकै सुस्त बनेको छ । नेपाल स्टक एक्सचेञ्जमा साढे दुई घण्टा अवधिमा १२७ कम्पनीका दुई लाख ५० हजार कित्ता सेयर ७ करोड ९३ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएका छन् । बजार सूचक मापक नेप्से १०.५८ अंकले घटेर १२०९.२३ अंकसम्म झरेको छ ।

गत बिहीबार वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुको भेलाले बैंकहरुका बीचमा व्याजदर बढाउन अस्वस्थ प्रतिष्पर्धा सुरु भएको र यसले वित्तीय प्रणालीलाई नै समस्यामा पार्ने भन्दै संघले व्याजदरका सम्बन्धमा नयाँ सहमति गरेको थियो । तर त्यसको प्रभाव सेयर बजारमा पर्न सकेको छैन । आइतबार पनि २० करोडको मात्र कारोबार भएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थालेको छ । मौद्रिक नीति जारी गर्ने मिति नजिकिदै जाँदा समग्र शेयरबजार र ब्याजदरको बिषयमा राष्ट्र बैंकको नीति के हुने भन्ने दुविधा लगानीकर्तामा कायमै देखिन्छ ।

मौद्रिक नीति जारी गर्ने मिति नजिकिदै जाँदा समग्र शेयरबजारको विषयमा राष्ट्र बैंकको कस्तो नीति लिन्छ भन्ने अन्यौलता लगानीकर्ताका कायम नै रहँदा बजार गतिशिल बन्न नसकेको आंकलन गरिएको छ ।

लगानीकर्ताले मार्जिन लेन्डिङ्गको सीमा बढाउन माग गर्दे आएका छन् । साथै उनीहरुले अनलाइन कारोबार प्रणालीको सहजीकरण लगायतमा राष्ट्र बैंकको भुमिका खोजेका छन् ।

कारोबारमा आएका आठ उप समूहमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन सकरात्मक रहेको छ भने बैंकिङ्क, जलविद्युत, वित्त, बीमा, अन्य र लघुवित्तका सूचक घटेका छन् ।

 

दुई घण्टा अवधिमा सिटिजन्स् बैंक इन्टरनेशलको सबैभन्दा धेरै ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । स्टाण्डर्ड चार्टड,समता माइक्रोफाइनान्स, नबिल र नेपाल बैंकको पनि ३० लाखको कारोबार भएको छ ।

 

यस अवधिसम्म भर्खरै कारोबार खुला भएको नेपाल सेवा लघुवित्तको सेयरमूल्य ४.८१ प्रतिशतले बढेको छ । कामना सेवा, मञ्जुश्री फाइनान्स र बोर्टलर्स नेपालको सेयरमूलय पनि २ प्रतिशत बढीले बढ्यो ।

उता जनता बैंकको सेयरमूल्य ५.७६ प्रतिशत घटेको छ । जेविल्स् फाइनान्स, सिद्धार्थ बैंक नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ४ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।