महालक्ष्मी विकास बैंकको शाखा नयाँँ बानेश्वरमा

Jun 25, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले काठमाडौं महानगरपालिका वडा नं १०, नयाँँ बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सञ्चालनमा आएको उक्त शाखा बैँकको ७२ औँ शाखा हो ।

बैंकले शाखा सञ्जाल विस्तार गर्दै लाने क्रममा नयाँ बानेश्वरमा शाखा स्थापना गरेको जनाएको छ । 

महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी २ अर्ब ६३ करोड रहको छ भने बैंकले चैत्र मसान्तसम्म रु. २५ अर्ब ११ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।