वियरिस ट्रेन्डमा नेप्से, झण्डै दोहोरो अंकको गिरावट

Jun 25, 2018 Merolagani

साताको पहिलो दिन आइतबार झिनो अंकले बढेको नेप्से सोमबार भने झण्डै दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ९.७२ अंकले घटेर १२१०.०९ मा झरेको छ । सेयर बजारप्रति लगानीकर्ता आशावादी हुन नसक्दा पछिल्ला दिनमा परिसूचक मात्र होईन सेयर कारोबार रकममा पनि मन्दी छाउन थालेको छ ।

सोमबार १५८ कम्पनीका ५ लाख ७४ हजार ७८१ कित्ता सेयर १८ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम झण्डै ३ करोडले घटेको छ । आइतबार २० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

नेप्सेमा कारोबारमा आएका नौं उप समुह मध्ये होटल र उत्पादन तथा प्रशोधन समूह मात्रै बढेको छ । बाँकी ७ समुह भने घटेका छन् । सबैभन्दा बढी बढेको होटल समुह २.२६ अंक र उत्पादन तथा प्रशोधन समुह १.८६ अंकले मात्र बढेको छ ।

यस्तै बीमा समुह ७९.७६ सबै भन्दा धेरै अंकले घटेको छ । बीमा समुहसंगै बैंकिङ्ग, विकास बैंक, हाईड्रोपावर, फाईनान्स, माइक्रो फाईनान्स र अन्य समुह पनि ओरालो लागेका छन् ।

 

 

५० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम रहेका कारण सपोर्ट माइक्रोफाईनान्सको सबै भन्दा धेरै ८८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । धेरै कारोबार हुनेमा बैंकिङ्ग समुहको प्रभुत्व रहेका छन् ।

शिर्ष कारोबार भएका १० मध्ये ८ कम्पनी बैंकिङ्ग समूहका छन् । एसबीआई बैंक, नेपाल बंगलादेश, सेञ्चुरी कर्मशियल, सिटिजन बैंक, मेगा बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छन् । ग्रामिण विकास लघुवित्त पनि धेरै कारोबार हुने कम्पनीभित्र समेटिएको छ ।

यता खानीखोला हाईड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.४५ प्रतिशतले कमाएका छन् । हाईड्रोको सेयरमूल्य ११६ रुपैयाँ रहेको छ । नेपाल सेवा लघुवित्त, हाथवे फाईनान्स, सिनार्जी पावर कम्पनीको सेयरमूल्य ३ प्रतिशत बढीले बढेको छ ।

जेविल्स् फाईनान्सका सेयरधनीहरुले सबैभन्दा धेरै ७.४० प्रतिशतले गुमाएका छन् । नेपाल कम्युनिटी डेभलभमेन्ट बैंक, नागबेली लघुवित्त लगायतका कम्पनीका सेयरधनीहरुले गुमाएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।