समता माइक्रोफाइनान्सको हकप्रदपछि मूल्य समायोजन

Jun 26, 2018 Merolagani

समता माइक्रोफाइनान्स (SMATA) को नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सेयरमूल्य समायोजन भएको छ । माइक्रोफाइनान्सले बिक्री गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरपछि सेयरमूल्य समायोजन भएको हो । 

नेप्सेले हकप्रदपछि माइक्रोफाइनान्सको प्रतिकित्ता एक हजार ४०१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । समायोजित मूल्यलाई आधार मानेर कम्पनीको मंगलबार सेयर कारोबार खुला भएको छ ।

कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य ८४५ रुपैयाँ १७ पैसा कायम भएको छ । 

कम्पनीले कम्पनीले चुक्ता पूँजी बृद्धि गर्न ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न मंगलबार बुकक्लोज गरेको हो । हकप्रदमा असार ११ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न सक्नेछन् ।

कम्पनीको चुक्ता पूँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी पाँच करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।