नागबेली लघुवित्तले शतप्रतिशत हकप्रद निष्काशन गर्न तोक्यो बुकक्लोज

Jun 26, 2018 Merolagani

नागबेली लघुवित्त वित्तीय संस्था (NBBL) ले एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गर्न सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ । कम्पनीले यहि असार २१ गते बुक क्लोज गर्ने जनाएको छ ।

यसअनुसार असार २० गतेसम्म कायम रहने लघुवित्तको सेयरधनीले मात्र यो हकपप्रद पाउनेछन् । लघुवित्तले धितोपत्र बोर्डबाट जेठ ९ गते ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । 

लघुवित्तले एनएमबि क्यापिटललाई हकप्रद विक्री गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
७ करोड ६६ लाख ४६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नागबेलीको हकप्रदपछि १५ करोड ३२ लाख ९० रुपैयाँ कायम हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।