नेको इन्स्योरेन्सको लिलामीको अधिकांश सेयर कृषि विकास बैंकको पोल्टामा

Jun 26, 2018 Merolagani

नेको इन्स्योरेन्स (NIL) को लिलामीको अधिकांश सेयर कृषि विकास बैंकले सकारेको छ । बैंकले लिलामीमा आएको सबै सेयर माग गरेपनि ९२ प्रतिशत सेयर हात पारेको छ । 

कोष व्यवस्थापन कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेको इन्स्योरेन्सको दुई लाख कित्ता संस्थापक सेयर असार ५ देखि ११ गतेसम्म लिलामीमा ल्याएको थियो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कृषि विकास बैंकले लिलामी गर्न ताेकिएकाे न्यूनतम मूल्य २४२ रुपैयाँमा नै सबै (दुई लाख) कित्ता सेयर मागेको थियो । तर तीन अावेदकले पनि सेयर माग गरेकाले सबै सेयर भने बैंकले पाएन ।

कृषि बाहेकका अन्य तीन आवेदकले पनि पाँच/पाँच हजार कित्ता दरले सेयर माग गरेका थिए । तीनमध्ये दुई आवेदकले कृषिको भन्दा बढी मूल्यमा सेयर माग गरेकाले मागेजति सेयर पाएका छन् भने एक आवेदक दामासहीमा सेयर पाएका छन् ।

संस्थापक सेयरमा लागि एक अावेदकले अधिकतम २४९ रुपैयाँ ७० पैसासम्मको आवेदन गरेका थिए । अर्का एक आवेदकले २४५ रुपैयाँमा रुपैयाँमा पाँच हजार कित्ता सेयर माग गरेका थिए । यी दुबै आवेदकले मागेजति नै सेयर प्राप्त गरेका हुन् ।

एक आवेदकले भने कृषि विकास बैंककै मूल्य २४२ रुपैयाँमा  सेयर माग गरेकाले सो आवेदक र कृषि विकास बैंकले दामासहीले सेयर प्राप्त गरेका छन् । कृषि विकास बैंकले एक लाख ८५ हजार कित्ता बढी सेयर सकारेको छ ।

चालू आवको तेश्रो त्रैमासमा कम्पनीले २१ करोड ०३ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३५ रूपैयाँ ७७ पैसा कायम गरेको छ ।

यससँगै लिलामीको सबैं सेयर विक्रि भएको छ । कम्पनीले यसअघि जेठ १३ गतेदेखि असार ३ गतेसम्म विद्यमान संस्थापक सेयरधनीलाई आवेदन खुला गरेपनि सो समयमा भने सेयर विक्री भएको थिएन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।