प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने शिवम् सिमेन्ट्को यस्तो छ तीन बर्ष यताको प्रगति

Jun 26, 2018 Merolagani

वास्तविक क्षेत्रको कम्पनीलाई प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्नसक्ने सहुलियत धितोपत्र बोर्डले दिएपश्चात शिवम् सिमेन्ट प्रिमियम मूलयमा आईपिओ निष्कासन गर्ने पहिलो सिमेन्ट कम्पनी भएको छ । तर बाेर्डबाट पब्लिकमा साधारण सेयर जारी गर्न अनुमति पाइसक्दा पनि बित्तीय विवरण सार्वजनिक गर्न अानाकानी गरेकाे कम्पनीले अहिले भने अाफ्नाे वेभसाइटमा साे विवरण सार्वजनिक गरेकाे छ ।

धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने अनुमति पाएको शिवम् सिमेन्ट्ले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक बर्ष २०७१/७२ मा एक अर्ब २५ करोडको चुक्ता पूँजी रहेकोमा चालू आवको तेश्रो त्रैमास अर्थात चैत मसान्तसम्मा आइपुग्दा तीन गुणा बढी बढाएर ३ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको देखिन्छ । कम्पनीले हरेक आवमा ५० प्रतिशत बढीले चुक्ता पूँजी बढाउँदै आएको छ ।

कम्पनीले आर्जन गरेको खुद नाफाको आधारमा हेर्ने हो भने आर्थिक बर्ष २०७१/७२ मा ४१ करोड ५३ लाख गरेको नाफालाई आर्थिक बर्ष २०७२/७३ मा ८७.२९ प्रतिशतले खुद नाफा बढाएर ७७ करोड ७८ लाख नाफा आर्जन गरेको देखिन्छ ।

आव २०७३/७४ मा आईपुग्दा भने अघिल्लो बर्षको जस्तो नाफा बढ्न सकेको छैन । उसको नाफा सामान्य रुपमा ४.३२ प्रतिशत मात्र बढेर ८१ करोड १४ लाख पुगेको छ । चालू आवको ९ महिना अवधिमा कम्पनीले ९३ करोड ६७ लाख खुद नाफा कमाएको छ । ९ महिना अवधिमा कमाएको नाफाको आधारमा अन्तिम त्रैमाससम्ममा कम्पनीले एक अर्ब २४ करोड हाराहारीमा नाफा गर्नसक्ने अनुमान गर्न सकिन्छ ।

कम्पनीको चुक्ता पूँजी बढेको अनुपातमा नाफा वृद्धि नहुँदा प्रतिसेयर आम्दानी भने कहिले बढ्ने, कहिले घट्ने त कहिले स्थिर रहेको देखिन्छ । आर्थिक बर्ष २०७१/७२ मा ३३ रुपैयाँ २३ पैसा प्रतिसेयर आम्दानी रहेको कम्पनीले आव २०७२/७३ मा १७ प्रतिशतले बढाएर ३८ रुपैयाँ ८९ पैसा पुर्याएको देखिन्छ ।

आर्थिक बर्षमा २०७३/७४ मा आईपुग्दा इपिएस १६.५६ प्रतिशतले घटेर ३२ रुपैयाँ ४५ पैसामा झरेको छ । चालू आवको ९ महिना अवधिमा कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २५ पैसा मै सीमित छ । चुक्ता पूँजीको वृद्धिको अनुपातमा कम्पनीले नाफा अनुपात बढाउन नसक्दा गत बर्षको तुलनामा इपिएस केही घटेकाे  छ ।

कम्पनीले चालू आवको ९ महिनामा २ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको देखिन्छ । गत आव २०७१/७२ मा एक अर्ब ४१ करोड सञ्चालन नाफा आर्जन गरेको कम्पनीले २०७२/७३ मा दुई अर्ब तीन करोड तथा २०७३/७४ मा दुई अर्ब ४५ करोड सञ्चालन नाफा गरेको थियाे ।

जगेडा कोषको आधारमा कम्पनीले आव २०७१/७२ मा २४ करोड ४५ लाख जगेडा सञ्चित थियाे । अर्काे अावमा ८९ करोड सात लाख, एक अर्ब ४९ करोड १४ लाख हुँदै २०७४ चैतसम्ममा २ अर्ब १६ करोड ४८ लाख रुपैयाँकाे जगेडा सञ्चित रहेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले  तीन बर्षमा गरेको प्रगति  विवरण यस्तो छ :-

 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिकित्ता ३ सय रुपैंयाँ दरमा ८ लाख ८० हजार कित्ता र सर्वसाधारणका लागि ४ सय रुपैयाँ दरमा ४४ लाख कित्ता आइपिओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रिमियम सहित २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्नेछ । जसमध्ये सर्वसाधारणलाई एक अर्ब ७६ करोड तथा स्थानीलाई २६ करोड ४० लाख रुपैयाँको आइपिओ बिक्री गर्नेछ । आईपिओ विक्ती पश्चात कम्पनीको चुक्ता पूँजी ५२ करोड ८० लाख बढेर ४ अर्ब ४० करोड पुग्नेछ । कम्पनीले प्रिमियम बापत एक अर्ब ४९ करोड ६० लाख संकलन गर्नेछ ।

चार अर्ब लगानीमा सात वर्ष अघि स्थापना भएको शिवमले स्थानीय वासीन्दाका लागि जारी पूँजी ४ अर्ब ४० करोड रुपैयाँको २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत गरी जारी पूँजीको १२ प्रतिशत साधारण सेयर विक्री गर्नेछ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा पूँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेश गराउन जारी पूँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने र प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने सहुलियतपुर्ण व्यवस्था गरेपश्चात शिवमले आईपिओ जारी गर्न लागेको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।