माउन्टेन हाइड्रोको आईपिओ असार २२ देखि खुल्ने, कसले कति गर्न पाउँछ आवेदन ?

Jun 27, 2018 Merolagani

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले असार २२ गतेदेखि आयोजना प्रभावीत स्थानीयबासीका लागि साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । माउन्टेनले १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावीत स्थानीयबासीका लागि उक्त आइपिओ निष्काशन गर्न लागेको हो ।

जसमध्ये ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि र ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपिओ पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाइ छुट्टाइएको छ ।

आइपिओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । जसमा न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । असार २२ गतेदेखि खुल्ने आईपिओमा छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन सकिने हुने बिक्री प्रवन्धकले जनाएको छ ।

पाँचथरको फिदिम गाविसमा रहेको २१.६ मेगावाटको यो आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग गरिएको छ । आयोजना बनाउन करिब चार अर्बरुपैयाँ लाग्ने देखिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ३० लाख रुपैयाँ छ । २०७१ मा कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भइसकेको छ ।

इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

आईपिओबाट संकलन हुने रकम सिभिल तर्फ सुरुङको फिनिसिङ, हाइड्रोमेकानिकल र इलेक्ट्रोनिकमेकानिकल उपकरण जडान र प्रसारणलाइन निर्माणमा खर्च गर्ने कम्पनीले जनाएको छ

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।