देव विकास बैंकको लिलामी सेयरमा कति तोकियो कटअफ मूल्य ?

Jun 27, 2018 Merolagani

देव विकास बैंक (DBBL) को लिलामी सेयरको बोलपत्र खुला भएको हो । बैंकले विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्फत १४ लाख ७९ हजार २६४.८८ कित्ता संस्थापक र ५ लाख ४० हजार ७९४.७१ कित्ता साधारण सेयर असार १ गतेदेखि लिलामीमा ल्याएको थियो ।

एनआइबीएल एस क्यापिटलले दिएको जानकारी अनुसार साधारण सेयरको कटअफ मूल्य १११ रुपैयाँ कायम भएको छ । त्यस्तै संस्थापक सेयरको कटअफ मूल्य १०० रुपैयाँ नै कायम भएको छ । बैंकले लिलामीमा ल्याएकाे सबै सेयर विक्री भएकाे छ ।

लिलामीकाे साधारण सेयरका लागि कूल ६०५ जनाले अावेदन गरेका थिए । साधारण सेयरका लागि सबैभन्दा बढी बाेलकबाेल गर्नेले १३६ रूपैयाँसम्मकाे अावेदन गरेका थिए । संस्थापक सेयरका लागि भने पाँच वटा मात्र अावेदन परेकाे क्यापिटलले जनाएकाे छ ।

बैंकको एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको देवको ४० प्रतिशत हकप्रदपछि २ अर्ब २८ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी कायम भएको छ । गत आवको नाफाबाट २४ करोड ७० लाखको बोनस पारित गर्न असार २७ गते ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंककाे बोनसपश्चात दुई अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।