माथिल्लो छ्याङदीमा बैंक अफ काठमाण्डू र कुमारी बैंकले ५५ करोड ५० लाख लगानी गर्ने

Jun 27, 2018 Merolagani

माथिल्लो छ्याङदी खोला जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डू र कुमारी बैंकले ५५ करोड ५० लाख रूपैयाँ लगानी गर्ने भएका छन् । लमजुङमा जिल्लामा निर्माण हुने ४ मेगावाटको  अायाेजनाकाे लागत अनुमान करिब ७४ करोड रुपैयाँ गरिएको  छ । सो आयोजनामा दुई बैंकले कूल लागतकाे ७५ प्रतिशत वित्तीय व्यवस्थापन गर्ने भएका हुन् ।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा छ्याङ्दी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक एलबी थापा र बैंक अफ काठमाण्डूका कर्पोरेट प्रमुख पुष्पराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनामा अगुवार्इ गरेको बैंक बिओकेएलले ३३ करोड ३० लाख रुपैयाँ र कुमारी बैंकले २२ करोड २० लाख रुपैयाँ ऋण लगानी गर्न गरि वित्तीय व्यवस्थापन भएको हो । आयोजनाको कूल लागत करिब ७४ करोड रुपैयाँ अनुमान गरिएको छ । दुई बैंकले कूल लागतको ७५ प्रतिशत लगानी गर्ने भएका हुन् ।

२० महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको आयोजना २०७५ कात्तिकबाट निर्माण सुरु गर्ने तयारी छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।