ज्योति विकास बैंकको नयाँ शाखा चितवनको पर्सामा

Jun 27, 2018 Merolagani

ज्योति विकास बैंकले चितवनको खैरहनी नगरपालिका वडा नं ८ पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । बुधबार उक्त शाखाको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा मेयर चौधरीले आफ्नो नगरपालिकामा खुलेको ज्योति विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।

साथै बैंकका अध्यक्ष हरि चन्द्र खड्काले ज्योति विकास बैंकले विपन्न परिवारका लागि लघु कर्जा सुरु गरेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको वताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यवसायिक हिसाबले महत्वपुर्ण मानिने चितवनमा शाखा संजाल विस्तार गर्ने क्रममा पर्सामा शाखा खोलेको बताए । उनले हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आएको र यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम संचालनमा ल्याउने जानकारी दिए ।

बैंकले हालसम्म १ लाख ५० हजारभन्दा बढि खाताबाट १६ अर्व ३९ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १४ अर्व ७५ करोड ऋण लगानी गरेको जनाएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।