मेगा बैंकको बोनस सुरक्षित गर्ने विहीबार अन्तिम दिन

Jun 28, 2018 Merolagani

मेगा बैंक (MEGA) को १०.७५ प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाका लागि शुक्रबारदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले असार १४ गते बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र बैंकको बोनस प्राप्त गर्नेछन् ।

मेगाले यसअघि टुरिजम् बैंक र आफैँले घोषणा गरेको बोनस संसोधन गर्दै गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यसभन्दा अघि टुरिजम् १५ प्रतिशत तथा मेगाले ९.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका थिए ।  साे बाेनसलार्इ बैंकले बैशाख ३० गतेदेखि एकीकृत कारोबार गरिसकेको अवस्थामा समान बोनसदर वितरण गर्ने भन्दै १०.७५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेकाे हो ।

बोनस वितरण गर्न बैंकले असार २९ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजे साधारण सभा आह्वान गरेको छ । एकीकृत कारोबार पश्चात कायम सेयरधनीले भने बोनस सेयरमा लाग्ने कर आफैंले तिर्नुपर्ने बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँ रहेको छ । बोनसपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब २८ करोड ५१ लाख पुग्नेछ ।

बुधबार बैंककाे सेयरमूल्य प्रतिकित्ता १७६ रूपैयाँ रहेकाे छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।