घलेम्दी हाइड्रोको साढे ५ लाख कित्ता आईपिओ असार २२ देखि खुल्ने,कस्तो छ कम्पनी ?

Jun 28, 2018 Merolagani

घलेम्दी जलविद्युत् आयोजनाले साढे ५ लाख कित्ता साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । हाइड्रोले पहिलो चरणमा असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्र म्याग्दी स्थित अन्नपूर्ण गाउँपालिकाका स्थानीयको लागि आईपिओ जारी गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र म्याग्दीका स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

उक्त आइपिओमा असार २२ देखि छिटोमा साउन ४ र ढिलोमा साउन २० गतेभित्र आवेदन गर्न सकिनेछ । जसमा न्युनतम ५० देखि अधिकतम २७५० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

आयोजनाले कम्तिमा ३ वर्षसम्म शेयर बिक्री गर्न नपाउने शर्त राखेर स्थानीयलाई शेयर आवेदन खुलाएको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । स्थानीयबासीले म्याग्दीको ग्लोबल आइएमई बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक र अयोजना प्रभावितलाई तोकिएको स्थानबाट शेयर आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ ।

कस्तो छ कम्पनी ?
कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले आगामी असोजदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने आह्वानपत्रमा उल्लेख छ ।

जारी पुँजी ५५ करोडमध्ये आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख, आयोजना प्रभावित स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ५ करोड ५० लाख र सर्वसाधारणको २० प्रतिशत अर्थात ११ करोड रुपैयाँ लगानी हुने छ ।

पहिलो चरणमा आयोजना प्रभावितका लागि शेयर जारी गरेपछि कम्पनीले ११ लाख कित्ता शेयर सर्वसाधारणको लाग निष्काशन गर्ने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।