एक हजार दुई सय अंकमा उक्लियो नेप्से (१ बजेको अपडेट)

Jun 28, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.३१ अंकले बढेर १२००.७३ अंकमा बढेको छ । यस अवधिसम्ममा १२३ कम्पनीका आठ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिदविक्री भएका छन् ।

नेप्से सकारात्मक भएपनि कारोबार रकम भने उत्साह देखिएको छैन । दुई घण्टा अवधिमा भएको कारोबारले लगानीकर्ताको बजारमा कारोबारमा भन्दा अन्यन्त्र नै केन्द्रित भएको देखिन्छ ।

समाचार तयार पार्दासम्म कारोबारमा आएका आठ उप समूहमध्ये पाँच सकरात्मक छन् भने तीन ऋणात्मक रहेका छन् ।

सबैभन्दा बढी बीमा २८ अंकले सुधारिएको छ भने बैंकिङ्ग, विकास बैंक, फाइनान्स र लघुवित्त पनि सकरात्मक रहेका छन् । होटल जलविद्युत र अन्य समूह ओरालो लागेका छन् । होटल सबैभन्दा बढी २८ अंकले घटेको छ ।

सोल्टी होटलको सबैभन्दा बढी दुई करोड ३० लाखको सेयर खरिदविक्री भएको छ । ओरेन्टियल होटल, नबिल बैंक संस्थापक, मेगा बैंक र नेशनल लाईफको धेरै कारोबार भएको छ ।

आईएमइ जनरल इन्स्योरेन्स, हाथवे फाइनान्स, नेशनल लाईफ र वोमी माईक्रोृफाइन्सको सेयरमूल्य बढेको छ भने अरुण भ्याली हाइड्रोपावर, मिथिला लघुवित्त र ओरेन्टियल होटलको सेयरमूल्य घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।