साना कम्पनीको सेयरमूल्यमा उतार चढाव

Jun 28, 2018 Merolagani

बजार घटेको बेला साना र सस्ताे सेयरमूल्य भएको कम्पनीहरुकाे सेयरमूल्यमा उतार चढाव देखिएको छ । साताको अन्तिम दिन बिहीबारको बजारमा कमाउने र गुमाउने दुबै कम्पनीमा थोरै पूँजी भएका कम्पनी अग्र स्थानमा रहेका छन् । ठूला पूँजी हुने कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ ।

लघुवित्त कम्पनीहरुमध्ये ज्यादै न्यून चुक्ता पूँजी रहेको नयाँ नेपाल लघुवित्तको सेयरमूलय ६ प्रतिशतले बढेको छ । आईसीएफसी फाइनान्स, ङादी ग्रुप पावर, सेन्ट्रल फाइनान्स, नबिल इक्वीटी फण्डको इकाईको सेयरमूल्य ३ प्रतिशतले उकालो लागेको छ । 

उतार सेयरमूल्य घट्ने कम्पनीहरुमा पनि अधिकांश साना कम्पनीहरु नै देखिएका छन् । सबैभन्दा धेरै रिलायन्स फाइनान्सको सेयरमूल्य ४ प्रतिशतले घटेको छ । मिर्मिरे, नेशनल, कालिका र एनएमबि माईक्रोफाइनान्सको सेयरमूल्य ३ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबार सेयर बजार कारोबार मापक सूचक नेप्से ०.८८ अंकको झिनो विन्दुले घटेर ११९८.५४ अंकमा अडिएको छ । कारोबारमा आएका १० उप समुहमध्ये ६ वटा घटेका छन् भने तीन बढेका छन् ब्यापार समूहको सूचक स्थिर देखिएको छ ।

 

बैंकिङ्ग ०.७१, जलविद्युत १.६५ र वित्तको सूचक ३.३३ अंकले बढेका छन् भने बाँकी सबै सूचक घटेका छन् । उत्पादन मूलक उप समूह १६.१२ अंक, बीमा १५.६७, होटल ७.४८, विकास बैक ३.४३, अन्य २.८६ र लघुवित्त ०.४९ अंकले झरेका छन् ।

यसदिन १६४ कम्पनीका ११ लाख ४८ हजार कित्ता सेयर २४ करोड २९ लाख ८६ हजार रुपैयाँमा खरिद विक्री भएको छ ।

 

 

 सवैभन्दा बढी सोल्टी होटलको दुई करोड ३५ लाख ९५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।कारोबार रकमको आधारमा मेगा बैंक र नेपाल टेलिकमको समेत एक करोड बढीको सेयर कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।