इच्छुक लगानीकर्ताहरुले लिलामी सेयरको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट, लालदरबार, र लगननखेल तथा कुमारी बैंक दरबारमार्ग, नेपालगञ्ज, सुर्खेत, धनगढी,बीरगञ्ज, विराटनगर बुटवल र पोखरा शाखाबाट असार २२ देखि २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्युनतम १ हजार कित्ताका लागि र साधारण सेयरका लागि १०० कित्ता वा सो भन्दा बढी १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कुमारी बैंकले बैशाख २८ देखि जेठ ३१ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
हकप्रद निष्काशनसँगै चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुगेकाे छ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा बैंकले अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ।
बैंकले गत आर्थिक वर्षको साधारणसभा गर्न बाँकी छ भने अपुग पूँजी बोनस शेयरबाट पुर्याउन सक्ने देखिन्छ।
बैंकको सेयर बिहीबार प्रतिकित्ता २०९ रूपैयाँमा कारोबार भएको छ ।