कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक (नतिजा सूचीसहित)

Jun 29, 2018 Merolagani

रोजगारीका लागि दक्षिण कोरीय जान लिइएको भाषा परिक्षाको नतिजा सार्वजनिक भएको छ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले लिएको परिक्षामा झण्डै ८ हजार परीक्षार्थी उर्त्तीण भएका छन् ।

विभागको ई. पी. एस. कोरिया शाखाले भर्खरै सार्वजनिक गरेको नतिजामा ७ हजार ९९६ जना पास भएका छन । दुर्इ चरणमा जेठ २५ र २६ गते शाखाले परिक्षा लिएको थियो । नेपालभरबाट परिक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी थिए ।

नतिजा हेर्नुहोस्

comments powered by Disqus

मंगलबारदेखि पञ्चकन्या माई हाइड्रोको ११ लाख कित्ता आईपिओ खुल्यो

Jul 17, 2018

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (PMHL) ले साउन १ गते मंगलबारदेखि सर्वसाधारणका लागि एक सय रुपैयाँ दरको ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । पहिलो चरणमा स्थानीयलाई सेयर निष्काशन गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपिओ जारी गरेको हो ।