नेपाल बैंकको एफपिओमा लगानीकर्ताले देखाएनन् रुचि, पहिलो दिनमा न्यून आवेदन

Jun 29, 2018 Merolagani

झण्डै बजार मूल्यको हाराहारीमा थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गरेको नेपाल बैंक(NBL) को एफपिओमा लगानीकर्ताको रुचि अत्यन्तै न्यून देखिएको छ । बैंकले कूल एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गरेकोमा पहिलो दिन सवा एक लाख कित्ताका लागि मात्र आवेदन परेको छ ।

बैंकले शुक्रबारदेखि एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको एफपिओ जारी गरेको छ ।

विहिबार दोस्रो बजारमा नेपाल बैंकको शेयर प्रतिकित्ता २९३ रुपैयाँमा कारोबार बन्द भएको थियो । बजार मूल्य भन्दा १३ रुपैयाँ मात्र सस्तो भएपछि लगानीकर्ता बैंकको एफपिओमा लगानी गर्न हच्किएका हुन् ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आवेदन खुलेको पहिलो दिन एक हजार २५८ आवेदकले एक लाख २५ हजार ६५० कित्ताका लागि मात्र आवेदन गरेका छन् । रकमका आधारमा बैंकको एफपिओमा ३ करोड ५१ लख रुपैयाँ बराबरको आवेदन परेको छ । सेयर संख्याको प्रतिशतका आधारमा शुन्य दशमलव ७१ प्रतिशत आवेदन परेको हो ।

पहिलो दिनदेखि नै संस्थागत लगानीकर्तालाई पनि आवेदन खुलाइएको भएपनि उनीहरुको आवेदन पर्न सकेको छैन् ।

लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था छ । एफपिओ छिटोमा असार १९ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा विक्री नभएमा ढिलोमा साउन १३ गतेससम्म जारी हुने विक्री प्रबन्धकले जनाएको छ ।

एफपिओ निष्काशनसँगै बैंकमा सरकारको हाल रहेको ६२ प्रतिशत सेयर स्वामित्व घटेर ५१ प्रतिशत कायम हुनेछ । उता ३८ प्रतिशत रहेको सर्वसाधारणको स्वामित्व बढेर ४९ प्रतिशत पुग्नेछ । सरकारी स्वामित्व घटाएर ५१ प्रतिशतमा झारेर सर्वसाधारण सेयर स्वामित्व ४९ प्रतिशत कायम गर्न एफपिओ विक्रीमा ल्याएको बैंकले जनाएको छ ।

बैंकको एफपिओलाई केयर नेपालले केयर एनपि आईपिओ ग्रेड ३ं रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको अवस्था औषत आधार रहेको जनाउँछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपिओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलतन गर्नेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।