बैकिङ्ग कसूर अभियोगमा सामुदायिक लघुवित्त संस्थाका तत्कालीन सिर्इअाे सहित चार पक्राउ

Jun 29, 2018 Merolagani

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ्ग कसूर अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था साँगा काभ्रेको तत्कालीन प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुलाई ब्युरोले बैकिङ्ग कसूर अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत स्वयम्भु राम जोशी, सञ्चालक समितिका अध्यक्ष हिरा बिश्वकर्मा, तथा सदस्यहरु चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की रहेका छन् । उनीहरु सबैलाई मिलोमतोमा नियम विपरित निर्णय गराई कर्जा प्रबाह गरी संस्थालाई २ करोड ५० लाख भन्दा बढी हानी नोक्सानी पुर्याएको भन्दै पक्राउ गरिएको हो । 

उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी उनीहरु माथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

ब्यूरोको अनुसन्धानबाट तत्कालीन सीइओ जोशीले आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति बिना मिलोमेतोमा गुडविलको रुपमा भन्दै २ करोड ५० लाख रकम प्रवाह गरेको फेला परेको थियो ।

त्यस्तै जोशीले राष्ट्र बैकको नीति निर्देशन तथा ऐन कानुन विपरित तलब भत्ता लगायतको बिभिन्न शिर्षकमा ७ लाख ४४ हजार भन्दा बढी भुक्तानी लिएको तथा हदभन्दा बढी संस्थाको शेयर धारण गरेको ब्यक्ति जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी प्रमुख कार्यकारीको नियुक्ति गरेको लगायतका अनियमितता भेटिएको छ ।

यसअघि कम्पनीले पेश गरेको वित्तीय विवरणमा गम्भिर कैफियत भेटिएको भन्दै राष्ट्र बैंकको निर्देशनमा धितोपत्र बोर्डले आह्वानपत्र प्रकाशित गरिसकेको कम्पनीको आईपिओ जारी गर्न रोकेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।