तीन केजी सुन सहित २ जना पक्राउ

Jun 30, 2018 Merolagani

प्रहरीले तीन केजी सुन सहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट तराई हिँडेको भारतीय गाडीबाट प्रहरीले शनिबार नागढुंगा चेकप्वाईन्टबाट सुन बरामद गरेको हो ।

युके ०२ ४६८४ नम्बरको मारुती ८०० गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ । 

गाडीका चालक भारतीय नागरिक दिपक कुमार मोर्रे र भिमदत्त न.पा.वडा नं.६ महेन्द्रनगरका मनोज बि.क फत्राउ परेका हुन् ।

सुन र पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान कार्य भईरहेको मनप्र।परिसर काठमाडौले जनाएको छ ।

comments powered by Disqus

चार सय बीस रुपैयाँमा १० लाख सम्मको स्वास्थ्य बीमा सुविधा

Nov 14, 2018

कर्मचारी सञ्चय कोषका ६ लाख सञ्चयकर्ताहरुले बार्षिक ४२० रुपैयाँमा १० लाख सम्मको स्वास्थ्य बीमा सुविधा पाउने भएका छन् । मंसिर १ गते देखि नै लागु हुने गरी कोषका सञ्चयकर्ताहरुले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत सो सुविधा पाउने भएका हुन् ।