सिद्धार्थले चुक्ता पूँजीको ३५ प्रतिशतले हुने २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । सिद्धार्थले हकप्रद प्रयोजनका लागि जेठ १ गते सेयरधनी किताब बन्द गरेको थियो ।
जस अनुसार बैशाख ३१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
सिद्धार्थ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ भने हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ हु्नेछ ।
बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले असार मसान्तसम्ममा १३ करोड ४१ लाख पूँजी बढाउनुपर्नेछ ।
आरएसडीसीको २१ करोड ५९ लाखको हकप्रद
आरएसडीसी लघुवित्तले पनि असार १७ गतेदेखि नै ५ः३ अनुपातमा २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ ।
कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि जेठ २२ सोमबार सेयरधनी दर्ता किताब बन्द गरेको थियो । यस अनुसार जेठ २१ गतेसम्म कायम रहेका सेयरधनी हकप्रद भर्न योग्य हुनेछन् ।
लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट रहेको छ ।
सेयरधनीले एनआईबिल एस क्यापिटलको कार्यालय लाजिम्पाट तथा यसका शाखा कार्यालयका साथै तोकिएको इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ९९ लाख रूपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ५९ लाख पुग्नेछ ।