कामना सेवा विकास बैंकको बोनसपछि सेयरमूल्य समायोजन

Jul 02, 2018 Merolagani

कामना सेवा बिकास बैंक (KSBBL) को सेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा सोमबार समायोजन भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न लागेको ५.५० प्रतिशत बोनस पश्चात बैंकको सेयरमूल्य समयोजन भएको हो ।

बोनसवितरण गर्न बैंकले सोमबारदेखि सेयरधनी किताब बन्द गरेको हो । बोनस पारित गर्न बैंकले असार ३२ गते साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पूँजीको ६.५० प्रतिशत नगद लाभांश समेत बितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

नेप्सेले बोनसपछि बैंकको प्रतिकित्ता सेयरमूल्य १४३ रुपैयाँ १३ पैसा निर्धारण गरेको छ । समायोजित सेयरमूलयकालाई आधार मानेर सोमबार कारोबार सुरु भएको छ । बैंकको १८० दिनको औसत आधारमूल्य १७५ रुपैयाँ ५६ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।