प्रभु बैंकको लिलामी सेयरमा बोलपत्र पेश गर्ने सोमबार अन्तिम दिन

Jul 02, 2018 Merolagani

प्रभु बैंक (PRVU) ले असार ११ गतेदेखि लिलामीमा ल्याएको २२ लाख ३१ हजार २६५ कित्ता सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने सोमबार अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताले सोमबार कार्यालय समयभित्र लिलामीको सेयर बोलकबोल मार्फत उठाउन सक्नेछन् ।

बैंकले संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

बैंकको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लिलामी सेयरमा प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल, शाखा कार्यालयहरु आदर्शनगर बिरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोड पोखरा, बिरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, गोदावरी रोड धनगढी, हल्लाचोक बाग्लुङ्ग र कावासोती नवलपरासीबाट शिलबन्दी बोलपत्र आवेदन गर्न सकिने जनाइएकाे छ ।

संस्थापक सेयरका लागि न्यूनतम एक हजार कित्ता र साधारण सेयरका लागि एक सय कित्ता सेयरका लागि निवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम सबै कित्ता माग गर्न सक्नेछन् ।

बैंकको सेयरमूल्य साेमबार प्रतिकित्ता १८० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।