वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रदमा आवेदन गर्ने अन्तिम दिन

Jul 03, 2018 Merolagani

वोमी लघुवित्तीय संस्था(WOMI) ले निष्काशन गरेकोे ३० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । वोमीले गत जेठ १६ गतेदेखि चुक्ता पूंजीको ३० प्रतिशत अर्थात २ लाख ३३ हजार २८० कित्ता हकप्रद शेयरको विक्री खुला गरेको थियो ।

आज बैंकिङ समय भित्र उक्त हकप्रदको लाागि आवेदन दिन सकिने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । जेठ ३ गतेसम्म कायम शेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् ।

कम्पनीकोहकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वा प्रणाली मार्फत सेयरधनीले आवेदन दिन सक्नेछन् । त्यस्तै बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको कार्यालय खानिखोला धादिङ, तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट समेत हकप्रदमा आवेदन दिन सकिनेछ ।

हाल वोमीको चुक्ता पुँजी ७ करोड ७७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।