स्वरोजगार लघुवितले हकप्रद बिक्री गर्न ताक्यो बुक्कलोज मिति

Jul 03, 2018 Merolagani

स्वरोजगार लघुवित्त (SLBBL) ले चुक्ता पूँजी बराबर नै हकप्रद सेयर बिक्री गर्नको लागि असार २८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार असार २७ गतेसम्म सेयरधनी कायम भएकाले हकप्रद पाउनेछन् ।

लघुवित्तको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद निष्कासन गर्ने छ । 

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख ९७ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ४९ लाख ९५ हजार पुग्नेछ । 

मंगलबार लघुवित्तको प्रतिकित्ता सेयर १६०० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

चालु आर्थिक वर्षको ९ महिना अवधिमा स्वरोजगारले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।