किसान माइक्रोफाइनान्सले चुक्ता पूँजी चार करोड ८० लाख रुपैयाँको दुई बराबर एक अनुपातमा एक सय रूपैयाँ अंकित दरका दुई लाख ४० हजार २५० कित्ता हकप्रद सेयर विक्री गर्ने भएको हो ।
दुई करोड ४० लाख २५ हजार रूपैयाँको हकप्रदपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत बर्ष २४ प्रतिशत हकप्रद विक्री गरेको थियो ।
कम्पनीको सेयर विक्री प्रबन्धक सिभल क्यापिटल रहेको छ । हकप्रद निष्काशन सम्बन्धी सम्झौता यसअघि नै गसिरकेका छन् ।
लघुवित्तकोे गत पुस २४ गते सम्पन्न पाँचौ बार्षिक साधारण सभाले २०.१३ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
चालू आवको तश्रो त्रैमासमा कम्पनीले ६३ लाख ३२ हजार रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रूपैयाँ ८३ पैसा कायम गरेको छ ।
मंगलबार लघुवित्तकाे सेयरमूल्य प्रतिकित्ता १४८१ रूपैयाँ हाराहारीमा काराेबार भइरहेकाे छ ।