नाडेप लघुवित्तको आईपिओ कहिले हुँदैछ बाँडफाँड ?

Jul 03, 2018 Merolagani

नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि १३ गतेसम्म निष्काशन गरेको साधारण सेयर बाँडफाँडको मिति टुङ्गो लागेको छ । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेण्टमेन्ट एण्ड बैंकिङ्गले धितोपत्र बोर्डसँगको छलफलपछि सेयर बाँडफाँडको मितिको टुङ्गो लगाएको हो ।

नबिल इन्भेष्टमेन्टका अनुसार नाडेप लघुवित्तको आईपिओ बुधबार बिहान बाँडफाँड हुने तय भएको छ । लघुवित्तको आईपिओ ४३ हजार २०० आवेदकले पनि गोलाप्रथाबाट १० कित्ता दरले पाउने भएका छन् । 

कम्पनीको सेयरमा २ लाख १९ हजार बढी आवेदकले आवेदन गरेका थिए । यसअनुसार एक लाख ७५ हजार बढी आवेदक रित्तो हात हुने भएका छन् ।

सर्वसाधारणका लागि निष्काशन भएको चार लाख ३२ हजार कित्ता लघुवित्तको आईपिओमा २३ गुणा बढी अर्थात एक अर्ब बढीको आवेदन परेको थियो ।

लघुवित्तले असार १० गतेदेखि कूल ४ करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको हो । यसमध्ये सर्वसाधारणका लागि ४ लाख ३२ हजार कित्ता बिक्री खुला गरिएको थियो भने २४/२४ हजार कित्ता लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

नाडेपको ३० प्रतिशत आईपिओ जारी गरेसँगै ११ करोड २० लाख रुपैयाँको पूँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।