निर्धन उत्थानको १९ प्रतिशत संस्थापक सेयर साधारणमा परिवर्तन

Jul 03, 2018 Merolagani

निर्धन उत्थान लघुवित्तको आफ्नो सेयर स्वामित्व परिवर्तन गरेको छ । संस्थाले ७० प्रतिशत संस्थापक सेयरमध्ये १९ प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गरेको हो ।

स्वामित्व परिवर्तन भएपछि कम्पनीमा अब ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व कायम भएको छ । मंगलबार नेप्सेमा सूचना जारी गर्दे कम्पनीले १८ लाख ९० हजार ३०६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गराएको जनाएको छ । 

कम्पनीको पुस २९ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट कम्पनीले संस्थापक हिस्सा घटाएर ५१ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।