लघुवित्तको आईपिओ गोलाप्रथाबाट छानिने ४३ हजार २०० आवेदकले १० कित्ता दरले पाउने भएका छन् । लघुवित्तको सेयरमा २ लाख १९ हजार बढी आवेदकले आवेदन गरेका थिए । यसअनुसार एक लाख ७५ हजार बढी आवेदक रित्तो हात हुने भएका छन् । उल्लेखित तथ्यांकका आधारमा हेर्दा झण्डै २० प्रतिशत आवेदकले सेयर पाउने छन् भने ८० प्रतिशतले सेयर पाउने छैनन् ।
सर्वसाधारणका लागि निष्काशन भएको चार लाख ३२ हजार कित्ता लघुवित्तको आईपिओमा २३ गुणा बढी अर्थात एक अर्ब बढीको आवेदन परेको थियो ।
लघुवित्तले असार १० गतेदेखि कूल ४ करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि ४ लाख ३२ हजार कित्ता बिक्री खुला गरिएको थियो भने २४ २४ हजार कित्ता लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।
३० प्रतिशत आईपिओ जारी गरेसँगै नाडेपको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाबाट बढेर १६ करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तको सेयर बाँडफाँड पश्चात नतिजा मेरोलगानीमा हेर्न सकिनेछ ।