नागबेली लघुवित्तको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

Jul 04, 2018 Merolagani

नागबेली लघुवित्त वित्तीय संस्था(NBBL) को शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार २० गते) अन्तिम दिन हो । लघुवित्तले हकप्रद प्रयोजनका लागि विहीबार शेयरधनी पुस्तिका बन्द गर्देछ । जस अनुसार कम्पनीको हकप्रद पाउन बुधबारसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

कम्पनीले आगामी साउन ४ देखि एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्दैछ । कम्पनीले ७ करोड ६६ लाख ४६ हजार ३०० रुपैयाँ बराबरको ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

लघुवित्त कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ । यस हकप्रदमा असार २० गतेसम्म कायम रहेका सेयरधनीहरुले भदौ ७ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

सेयरधनीले नेपाल धितोपत्र बोर्डवाट स्वीकृती सिआस्वा सदस्यको अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा मार्फत पनि आबेदन गर्न सक्नेछन् ।

त्यस्तै एनएमवि क्यापिटल नागपोखरी र एनएमबि बैंकका शाखा कार्यालयहरु, नागबेली लघुवित्तको कार्यायल विर्तामोड झापा, गुडपिवल फाइनान्सको शाखाहरु हात्तिसार, डिल्लिबजार, इन्द्रचोक, कुमारीपाटी, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु कुपण्डोल र चावहिल र कामना विकास बैंकको ज्ञानेश्वर शाखाबाट आदेन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

हाल ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।