धितोपत्र बोर्डको व्यवस्थाको धज्जी उडाउँदै वेष्टर्नको बल्ल खुल्यो सेयर कारोबार

Jul 04, 2018 Merolagani

मर्जरका कारण रोकिएको वेष्टर्न डेभलपमेन्ट बैंकको सेयर कारोबार एक बर्ष तीन महिनापछि बुधबारबाट खुलेको छ । नमस्ते फाईनान्स वित्तीय संस्थासँग मर्जरमा गएपश्चात बैंकको सेयर कारोबार २०७३ चैत २५ गतेदेखि रोकिएको थियो । साे समयमा बैंककाे सेयर प्रतिकित्ता ३१८ रूपैयाँमा बन्द भएकाे थियाे ।

एक बराबर एक स्वाप रिसियोमा मर्जर सम्झौतामा गएका दुई संस्थाले राष्ट्र बैंकले २०७४ भदौ २८ गते एकीकृत कारोबार गर्न अनुमति पाएका थिए । त्यसपछि दुबै संस्थाले असोज २९ गतेदेखि एकीकृत कारोबार सुरुवात गरेका थिए । तर लामाे समयसम्म नियामकले बैंककाे सेयर काराेबार खुला गराउन सकेनन्  

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुनै पनि संस्थाहरुले एकीकृत कारोबार सुरु गरेको १५ दिनपश्चात सेयर कारोबार खुला गर्नुपर्ने व्यवस्था रहेको छ । बोर्ड अाफैँलै गरेकाे व्यवस्था कार्यान्वयनमा निकम्मा बन्दा बैंकको सेयर कारोबार एकीकृत कारोबार सुरु भएको ९ महिनापश्चात बुधबारबाट बल्ल सेयर कारोबार खुला भएको हाे ।

नियामक निकायले आफ्नो जिम्मेवारी समयमा नै पूरा नगर्दा तथा बोर्डलेको व्यवस्था तथा निर्देशन अवज्ञा गर्ने संस्थालाई कारबाहीको प्रकृयामा ल्याउन नसक्दा यसअघि मेगा बैंकका सेयरधनीको सम्पत्ति पनि लामो समय बन्धक बनेको थियो ।

एकीकृत कारोबार थालेको ९ महिनासम्म सेयर कारोबार नखुल्दा दुबै कम्पनीका सेयरधनी आफ्नो सम्पत्ती खरिद विक्री गर्नबाट बञ्चित बन्न पुगे ।

धितोपत्र बोर्डले गरेको व्यवस्था उसैले प्रभावकारी कार्यान्वयनमा लैजान नसक्दा धेरै कम्पनीहरुले यसलाई निकै हल्का किसिमले मात्र लिने गरेको छन् जसले सेयरधनीको लगानी लामो समय बन्देज पर्ने गरेको छ । अहिलेसम्म निकै थारै कम्पनीले मात्र एकीकृत कारोबार पश्चात तोकिएको समयमा सेयर कारोबार खुला गरेका छन् ।

मर्जपछि वेष्टर्नको चुक्ता पूँजी ४२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकेले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले गत आर्थिक बर्षको नाफाबाट कम्तिमा ७ करोड रुपैयाँको बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।