मुक्तिनाथ बैंकका डेविट कार्ड प्रयोगकर्तालार्इ गहना खरिदमा २०% सम्म छुट पाउने सम्झाैता

Jul 04, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धि ज्वेलर्स, न्युरोड काठमाण्डौंबीच मुक्तिनाथ भिसा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सुनको बनाउँदा वा खरीद गर्दा २० प्रतिशतसम्म छुट तथा हिराको गहनामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र ज्वेलर्सको तर्फबाट ग्राहाक सेवा तर्फका प्रवन्धक अजय अधिकारीले हस्ताक्षर गरेका छन् । 

मुक्तिनाथले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख पचत्तर हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।