बोर्डका अध्यक्ष भन्छन् : पूँजी बजारमा सुझबुझ पूर्ण तरिकाले लगानी गर्न जरुरी

Jul 04, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले पूँजी बजारमा सुझबुझ पूर्ण तरिकाले लगानी गर्न जरुरी रहेको बताएका छन् । बोर्ड र खोटाङ उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा असार १६ गते दिक्तेल बजारमा भएको पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्र्तकृया कार्यक्रममा कार्कीले सेयरबजारको ज्ञान लिएर मात्र लगानी गर्न आग्रह गरे ।

अध्यक्ष कार्कीले पूँजीबजार सम्बन्धमा जनचेतना फैलाउने क्रममा बोर्डले दुर्गम जिल्लालाई समेत महत्व दिई प्रशिक्षण कार्यक्रम संचालन गरेको बताउँदै नेपालका सबै जिल्लाबाट सार्वजनिक निष्काशनमा आवेदन दिन सक्ने व्यवस्था गरिसकेको र आगामी श्रावणबाट अनलाईन मार्फत दास्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गर्न अन्तिम तयारी भईरहेको जानकारी गराए ।

देश संघीय संरचना गएको र स्थानीय रुपमा विकासका लागि आवश्यक रकम यस बजारबाट स्थानीय ऋणपत्र निष्काशन मार्फत जुटाउन सकिने भएकोले सो तर्फ सम्बन्धित पक्षहरुको ध्यान जान जरुरी रहेको उनको भनाई थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति श्री बबि चाम्लिङले बोर्डले पूँजीबजार सचेतना कार्यक्रम खोटाङ जिल्लामा आयोजना गरेकोमा खुसी व्यक्त गर्दै कार्यक्रमले शेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई राम्रो शिक्षा दिनुकासाथैे यस क्षेत्रका सम्वन्धित पक्षहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धमा थप जानकारी प्राप्त गर्न उत्सुकता बढाएको धारण राखे ।

उक्त कार्यक्रममा सहभागीहरुले खोटाङमा समेत धितोपत्र दलाल व्यवसायी रहने व्यवस्था हुनुपर्ने माग सहित, अनलाईन व्यवस्था, करको दर, आस्वा प्रणाली, एफपिओ, डिम्याट, डिपीको बारेमा जिज्ञासा राखेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।