नेशनल लाईफको हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Jul 05, 2018 Merolagani

नेशनल लाईफ इन्स्योरेन्स (NLICL) ले साउन १ गतेदेखि निष्काशन गर्ने ६० प्रतिशत हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते शुक्रबार सेयरधनी किताब बन्द गर्ने भएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।

नेशनल लाईफले एनआईबिएल एस क्यापिटल मार्फत १० बराबर ६ कित्ता अनुपातमा ९९ करोड ३६ लाख ४७ हजार ७०० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो । 

सेयरधनीले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्था तथा इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, र सम्पूर्ण शाखा कार्यालयहरुबाट यस हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

त्यसैगरि सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर वीरगञ्ज,ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट समेत आवेदन गर्न सकिने व्यवस्था छ ।

कम्पनीको हकप्रदमा आवेदन गर्ने अन्तिम दिन भदौ ४ गते रहेको छ । हाल एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

कम्पनीको सेयरमूल्य बिहीबार प्रतिकित्ता ११८० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।