सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Jul 05, 2018 Merolagani

सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र युनियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकको जुनसुकै शाखा कार्यलयहरुबाट युनियन लाइफको जीवन बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

बीमा शुल्क भुक्तानी, बीमालेख खरिद लगायत बीमा कम्पनीको सम्पुर्ण सेवाहरु प्राप्त गर्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।