समायोजित मूल्यलाई आधार मानेर लघुवित्तको बिहीबार सेयर कारोबार सुरु भएको छ । लघुवित्तको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य १८३४ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ ।
लघुवित्तले हकप्रद निष्काशनको लागि बिहीबार बुकक्लोज गरेको छ । यसअनुसार असार २० गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले साउन ४ गते देखि चुक्ता पूँजीको १०० प्रतिशत बराबरको ७ लाख ६६ हजार ४६३ कित्ता सेयरको बिक्री खुल्ला गर्नेछ । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।
सात करोड ६६ लाख ४६हजार रुपैयाँ चुक्ता पूँजी भएरहेको लघुवित्तको हकप्रद निष्कासन पश्चात १५ करोड ३२ लाख ९२ हजार पुग्नेछ ।