बीमा व्यवसाय विस्तार हुँदै, एक महिनामा पौने दुई अर्ब बीमा शुल्क संकलन

Jul 05, 2018 Merolagani

निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा एक अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको चैतसम्ममा १४ अर्ब ९७ करोड ३७ लाख बीमा शुल्क संकलन गरेका कम्पनीहरुले वैशाख मसान्तसम्ममा १६ अर्ब ७४ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिका अनुसार गत वैशाखको अन्त्यसम्ममा १७ निर्जीवन कम्पनीहरुले सबैभन्दा धेरै मोटर बीमा मार्फत ७ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै अग्नि बीमा अर्न्तगत ३ अर्ब २७ करोड, इन्जिनियरिङ्ग बीमा अर्न्तगत १ अर्ब ८२ करोड, विविध बीमा अर्न्तगत १ अर्ब ५२ करोड, सामुद्रिक बीमा अर्न्तगत ९८ करोड ६६ लाख, हवाई बीमा अर्न्तगत ७२ करोड ६७ लाख र कृषि बीमा अर्न्तगत ३४ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको समितिको तथ्याङ्क छ ।

समितिको तथ्याङ्क अनुसार बैशाख सम्ममा ६७ हजार ६६७ मध्ये ५१ हजार ४७१ दाबीको बीमा कम्पनीहरुले ११ अर्ब २६ करोड ११ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । बाँकी ३६ हजार ६७२ दाबी वापत ५ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ भने भुक्तानी गर्न बाँकी रहेको छ । यस अवधिमा ५२ दाबीमा मुद्धा परेको थियो भने १० हजार १६६ दाबी मुल्याङ्कन प्रतिबेदन पेश भएको छ ।

बीमा कम्पनीहरुले यस अवधिमा प्रचलनमा ल्याएका ९० प्रकारका योजना मार्फत १४ लाख ८७ हजार १६६ बीमालेखहरु जारी गरेका छन् ।

बीमा कम्पनीहरुले पुर्नबीमा शुल्क वापत ६ अर्ब १० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका छन् भने पुर्नबीमा कमिशन बापत १ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ प्राप्त गरेका छन् । वैशाखसम्ममा पुर्नबीमावाट व्यहोरिने कुल दाबी रकम ७ अर्ब १४ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

वैशाखसम्ममा १७ निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ८ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीहरुको लगानी २४ अर्ब ९५ करोड ६६ लाख र नगद तथा बैंक मौज्दात २ अर्ब ६ करोड ६१ लाख रुपैयाँ छ ।

यस्तै यस अवधिमा कम्पनीहरुको शाखा विस्तारको क्रम पनि तिब्र भएको छ । निर्जीवन बीमा कम्पनीहरुको ५६५ शाखा कार्यलयहरु पुगेका छन् । निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार ४६९ जना कर्मचारीहरु कार्यरत रहको समितिको तथ्याङ्क छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।