माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण

Jul 05, 2018 Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा आषाढ २० गते राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखा देखि भाटभटेनी सम्म वृक्षारोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन प्रगतिशिल धारा सुधार समिति सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए । माछापुच्छ्रे बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले पनि वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाए ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी १०६ स्थानवाट ग्राहकहरुमा बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।