दश बर्षपछि अजोड इन्स्योरेन्स संचालनमा,३० करोडको आइपिओ आउने

Jul 05, 2018 Merolagani

नेपाली बीमा बजारमा नयाँ बीमा कम्पनीहरु संचालनमा आउन थालेका छन् । यसै क्रममा बीमा समितिवाट अनुमति लिएर संचालनको तयारीमा रहेको निर्जीवन बीमा कम्पनी अजोडले दर्ता भएको दश बर्षपछि आफ्नो औपचारिक कारोबार थालेको छ ।

नेपाली बीमा बजारमा नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा अजोड इन्स्योरेन्सले असार २१ गते बिहिबारबाट औपचारिक रुपमा ब्यबसाय शुरु गरेको हो । यो कम्पनी बीमा समितिबाट निर्जीबन बीमा ब्यवसाय गर्न इजाजत पाउने १९ औ कम्पनी हो ।

कम्पनीको कर्पाेरेट कार्यालय सि.टि.सि. मल, सुन्धारामा संस्थापक शेयरधनी, संचालक समितिका सदस्यहरुको उपस्थितीमा कम्पनीका अध्यक्ष बिनोद बिष्टले सेवा शुभारम्भ गरेका हुन् ।

कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाण्डौंमा दर्ता भई स्थापना भएको दश बर्षपछि कम्पनी संञ्चालनमा आएको हो। ०६४ साल चैत्र २० गते कम्पनी दर्ता भई कारोबार अनुमतिका लागि बीमा समितिमा आवेदन गरेको थियो । यसै आर्थिक बर्षमा कम्पनीले संचालन अनुमति पाएको थियो ।

नेपालको प्रतिष्ठित व्यापारिक घराना, वाणिज्य बैंक, इन्भेष्मेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रबद्र्धक, पर्यटन व्यवसायीका साथै विभिन्न सरकारी, गैर सरकारी संस्थाको उच्चपदमा रहि सेवावाट अवकास प्राप्त व्यक्तिहरु समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर जारी गर्ने योजना बनाएको छ ।

३० करोडको साधारणलाई शेयर निष्काशन गर्ने

कम्पनीको १ अर्ब रुपैयाँ जारी पुँजी ७० करोड रुपैयाँ संस्थापकहरुले लगानी गरिसकेका छन् । बाँकि ३० करोड रुपैयाँको साधारणलाई शेयर निष्काशन गर्ने कम्पनीको योजना छ ।

कम्पनीको संस्थापक शेयरधनी समुहमा १०४ जना संस्थापक शेयरधनीहरु रहेकाछन् भने यस कम्पनीको प्रथम संचालक समितिमा बिनोद प्रसाद बिष्ट, मिन बहादुर गुरुङ्ग, आजाद श्रेष्ठ, राजेन्द्र प्रसाद कायस्थ, सागर गुरुङ्ग संचालक रहेका छन् । यस्तै बैद्यनाथ प्रसाद उपाध्याय कम्पनी सचिव रहेका छन् । 

यस्तै कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्रीलाई नियुक्त गरिसकेका छन् । सिइओ खत्री नेपाल इन्स्योरेन्स, आइएमई जनरल हुदै लुम्बिनी जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धक कार्यरत थिए ।

कम्पनीले समस्त नेपाली ग्राहकहरुका लागी नेपाली बीमा बजारमा प्रचलनमा रहेका बिभिन्न प्रकारका निर्जीवन बीमा सेवा सहित निकट भविष्यमा ग्राहकको आवश्यक्ता पहिचान गरी नयाँ बीमा योजनाहरु लिएर देशैभर शाखा सञ्जाल मार्फत् आफ्नो सेवा विस्तार गर्दै जाने योजना रहेको छ ।

चालु आर्थिक वर्षमा ३ ओटा नयाँ निर्जिबन बिमा कम्पनीलाई बिमा समितिले संचालनको अनुमति दिएको थियो। नेपाल जनरल इन्स्योरेन्स संचालनमा आइसकेको छ भने सानिमा इन्स्योरेन्स संचालनको तयारीमा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।