पञ्चकन्या माई हाइड्रोले साउन १ देखि सर्वसाधारणलार्इ आईपिओ निष्काशन गर्ने

Jul 06, 2018 Merolagani

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साउन १ गतेदेखि ४ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ दरको ११ लाख कित्ता बराबरको ११ करोड रुपैयाँको आईपिओ जारी गर्न लागेको हो ।

एक अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कूल निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । 

बाँकी रहेको १० लाख एक हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड हुनेछ । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।

लगानीकर्ताले आईपिओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् । तर कम्पनीले क्रेडिट रेटिङ ४ पाएको कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझिन्छ ।

साधारण सेयर जारी गर्न कम्पनीले सनराईज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि हाइड्रोले ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । अहिले थप ११ लाख कित्ता शेयर सर्वसाधारको लागि निष्कासन गर्न लागेको हो ।

हाइड्रोले गत जेठ ७ गते साधारण शेयर निष्काशन गर्न अनुमति मागेकोमा बोर्डबाट असार ८ गते आईपिओ जारी गर्ने अनुमति पाएको थियो ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।