कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता शेयरको लिलामी खुल्यो

Jul 06, 2018 Merolagani

कुमारी बैंक(KBL)ले हकप्रदमा बिक्री नभएको ११ लाख ४१ हजार ३७४ कित्ता हकप्रद शेयरको लिलामी आजदेखि खुलाएको छ । बैंकले ५ लाख १ हजार ९२१ कित्ता संस्थापक र साधारणतर्फको ६ लाख ३२ हजार २८२ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ भन्दा बढी मूल्य राखेर संस्थापक शेयरका लागि कम्तिमा १ हजार कित्ता र साधारण शेयरका लागि कम्तिमा १ सय कित्ताको आवदेन दिनुपर्ने विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । 

लगानीकर्ताहरुले लिलामी सेयरको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट, लालदरबार, र लगननखेल तथा कुमारी बैंक दरबारमार्ग, नेपालगञ्ज, सुर्खेत, धनगढी,बीरगञ्ज, विराटनगर बुटवल र पोखरा शाखाबाट असार २२ देखि २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन गर्दा कुमारी बैंकमा रहेको एनआइबीएल एस क्यापिटलको खातामा रकम जम्मा गरेर शीलवन्दी आवेदन बुझाउनु पर्ने छ ।

पछिल्लो कारोबार अनुसार बजार मूल्य २०६ रुपैयाँ रहेको छ ।

बैंकले गत बैशाख २८ गतेदेखि चुक्ता पूंजीको २० प्रतिशत अर्थात १ करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो । हकप्रद निष्काशनसँगै चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा बैंकले अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले ७० करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ११ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।